Header Ads

यसरी बनाए नेपाली विद्यार्थीले सोलार कार...

काठमाडौं,असोज १४ – नेपाली विद्यार्थीहरुको टोलीले पहिलो पटक चार सिट भएको सोलार कारको निर्माण गरेका छन् । पश्चिमाञ्चल क्याम्पस लामाचौर पोखरामा मेकानिकल इन्जिनियरिङ पढ्दै गरेका आठ जना विद्यार्थीहरु मिलेर सोलार कारको निर्माण गरेका हुन् । नेपालमा चार सिट क्षमता भएको सोलारकार निर्माण गरिएको यो पहिलो पटक हो ।

यसअघि बाग्लुङका कुशल केसीले तीन पाङग्रा भएको सोलार कार निर्माण गरेका थिए । सौर्य उर्जाबाट इन्धन आपूर्ति गर्ने भएकाले कारको नामै सोलार कार राखिएको हो । करिब डेढ वर्षको समय लगाएर निमार्ण भएको कारमा लागत खर्च साढे तीन लाख रुपयाँ लागेको निर्माणटोलीका एक विद्यार्थीले रिसेन्ट नेपाललाई बताए ।

कार निर्माण टोलीमा सुमित ढकाल, कृष्ण तिमल्सिना,प्रयास रिमाल, ,दिपेश कार्की,सौगात कोइराला, खगेन्द्र कार्की, राजन खनाल र सागर अधिकारी रहेका छन् । कार निर्माण गर्न लागेको रकम उनिहरुको टोलीवाटै भएको र केहि थोरै रकम क्याम्पसका सरहरुवाट सहयोगको बताएका छन् ।



के -के छन् यसको विशेषता ?
पछिल्लो समय नेपालमा हुँदै गएको पेट्रोलियम पदार्थको अभाव र लोडसेडिङको विकल्प खोज्दै र विश्वव्यापी रूपमा बढ्दो वायू प्रदूषण र तापक्रम न्यूनीकरण गर्न सोलारबाट चल्ने कार निर्माण गर्न खटिएका इन्जिनियरिङ अध्यान संस्थानका पश्चिमाञ्चलका विद्यार्थीको प्रयासमा यो कार निमार्ण भएको हो ।

यस कारमा सय एक्पेएरको ४ वटा ब्याट्रीको प्रयोग गरिएको छ । एक पटक फुलचार्ज गरेपछि ७  घण्टा सम्म गुड्ने  उनिहरुको दाबी छ । प्रतिघण्टा ३५ किमी चल्नेछ । यो कार उकालो ओरालोमा पनि सलिजै गुडाउन सजिलै गुडाउने सकिनेछ ।

विशेषता सम्मठाँउमा गुडाउनको लागि झनै फलदायीे हुनेछ । चार पाङग्रे र चार जनाको सिट क्षमता भएको यस कार अन्य सवारी साधन लगाउने चालकले पनि सजिलै चलाउन सक्नेछन् ।  लामो समयको परिक्षण पछि बजारमा आएको यो कारको बजार माग अनुसार अरुपनि निर्माण गर्ने सोचमा रहेको उक्त समूहले बताएको छ ।
Powered by Blogger.