Header Ads

Special message from manitara...

Message for Students:

प्रिय विद्यार्थी, तिमी नोकर होइन,
मालिक बन । तर मलाई शङ्का छ, कतै
तिमीलाई नोकर बन्ने बानी परिसकेको
त छैन ?

तिमी आफै पढ्दैनौ तिमीलाई 'पढ' भन्नु
पर्छ ,तिमी आफै लेख्दैनौ तिमीलाई
'लेख' भन्नु पर्छ । तिमी आँफै सबेरै उठ्दैनौ
तिमीलाई 'सबेरै उठ' भन्नु पर्छ । तिमी
आँफै अनुशासनमा बस्दैनौ तिमीलाई
'अनुशासनमा बस' भन्नु पर्छ । सधैं आदेश
दिइराख्नु पर्ने नोकरलाई हो
मालिकलाई होइन, सधैं बटन थिची
राख्नुपर्ने मेसिनको हो मान्छेको होइन,
मान्छेले विवेकले पनि काम गर्नुपर्छ ।

मेरो अनुरोध,
प्रिय विद्यार्थी, तिमी नोकर होइन
मालिक बन । जुन विद्यार्थीलाई आफू
मालिक हुँ भन्ने थाहा हुन्छ उसलाई कसैले
'पढ'भन्नु पर्दैन ऊ आफै पढ्छ ,उसलाई कसैले
'लेख' भन्नु पर्दैन ऊ आँफै लेख्छ । उसलाई
कसैले 'सबेरै उठ' भन्नु पर्दैन , ऊ आँफै सबेरै
उठ्छ , उसलाई कसैले 'गृहकार्य गर' भन्नु
पर्दैन ऊ आफै गृहकार्य गर्छ । किनकि
मालिकलाई थाहा हुन्छ 'आज म जे गर्दैछु
त्यो अरु कसैको लागि होइन,मेरा लागि
गर्दैछु ।'

जुन विद्यार्थीलाई स्कुल तहमै नोकर बन्ने
बानी परेको हुन्छ ऊ वास्तविक
जीवनमा कदापी मालिक बन्न सक्दैन,
उसले सधैं अरुको आदेश पर्खिरहन्छ । तर
जसलाई स्कुल लेभलमै मालिक बन्ने बानी
परेको हुन्छ ऊ वास्तविक जीवनमा
कदापी अरूको दास बन्दैन, ऊ अाफ्नो
जीवनको मालिक
आँफै बन्छ ।

प्रिय विद्यार्थी, तिमी आज कसैको
लागि होइन आफ्नो लागि पढ्दै छौ ।
तिमी एक पटक आँफैले आँफैलाई हेर त ,अब
तिमी बच्चा छैनौ र तिमी पशु पनि
होइनौ यसर्थ आफ्नो लगाम अरुको
हातमा नदेऊ,आफ्नो जिम्मेवारी लेऊ र
मान्छे बन्नुको परिचय देऊ ।
Powered by Blogger.